काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा वेमौसमी वर्षाका कारण भएको क्षति अवलोकनका लागी निस्किएका छन्। बिहिबार सुर्खेत पुगेका देउवाले देशभर बाढी पहिरोबाट ठुलो क्षति भएको भन्दै पीडित परिवारलाई सरकारले उचित राहत र क्षतिपूर्ति दिने प्रतिवद्धता जनाएका छन्।
बाढी प्रभावित क्षेत्रको अवलोकनका क्रममा बिहीबार बिहान सुर्खेत पुगेका देउवाले क्षतिको अनुगमन भइरहेको र सबै तथ्यांक संकलन भएपछि राहत दिने बताएका हुन्। प्रधानमन्त्री देउवाले कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी, मुख्यमन्त्री महेन्द्रबहादुर शाही र मन्त्रीहरुसँग प्रदेशमा बाढी तथा पहिरोबाट भएको क्षतिबारे जानकारी लिएका थिए।
सुदूरपश्चिम प्रदेशको बाढी प्रभावित क्षेत्रको अवलोकनका क्रममा काठमाडौंबाट हिँडेका प्रधानमन्त्री देउवा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा करिब आधा घण्टा बिताए। यसअघी सरकारले बाढीपहिरोबाट पिडितहरुको लागी आवासको व्यवस्था गर्ने, परिवारका सदस्य गुमाएकालाई क्षतिपुर्ती दिने निर्णय गर्नुको साथै ।
घाइतेहरुको निशुल्क उपचार गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रीपरिषद् बैठकले यस्तो निर्णय गरेको हो। प्रधानमन्त्री देउवा बाधी पहिरोको क्षति अवलोकनका लागी सुदुपश्चिम प्रथान गरेका छन्।