मंगलवार, आश्विन १३ गते २०८३

बाढीपहिरो पीडितको तत्काल व्यवस्थापन गर्न प्रधानमन्त्री देउवाको निर्देशन

बिहिवार , कार्तिक ४, २०७८

काठमाडौं। बाढी प्रभावित क्षेत्रको अवलोकनका लागी प्रधानमन्त्री शेरबहादुर देउवा डोटी प’गेका छन्। डोटी पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी प्रभावित नागरिकलाई तत्काल उद्धार तथा सुरक्षित स्थानमा व्यवस्थापन गर्न प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा प्रमुखहरूलाई निर्देशन दिएका हुन्।

बाढीबाट प्रभावित भएकालाई सरकारले राहत दिने तथा बाढीपहिरोले घर भत्किएकाहरूको घर निर्माणका लागि आर्थिक सहयोग दिने प्रधानमन्त्री देउवाले बताए।

प्रधानमन्त्रीसहितको उक्त टोली बाढीबाट प्रभावित भएको सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाको निरीक्षणका लागि जाने क्रममा अहिले दिपायल पुगेको हो। 

प्रधानमन्त्रीसहितको उक्त टोली आज बिहान काठमाडौँबाट सुर्खेत हुँदै दिपायल पुगेको हो। टोलीले यहाँका बाढीले क्षति गरेका स्थानको हवाई निरीक्षण गरेको थियो।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार