आइतवार, श्रावण २४ गते २०८३

नागा चैतन्यसंग सम्बन्ध विच्छेद गरेकी सामन्थाले किन हालिन् युट्युबमाथि मुद्धा ?

बिहिवार , कार्तिक ४, २०७८

काठमाडौं। हालैमात्र सम्वन्ध विच्छेद गरेकी अभिनेत्री सामन्था रुथ प्रभुले युट्युब च्यानलमाथी मुद्धा दायर गरेकी छन्। नागा चैतन्यसँग सम्बन्धविच्छेद गरेकी अभिनेत्री सामन्थाको सम्वन्ध विच्छेदपछि निकै चर्चासंगै आलोचना भएको थियो। केही युट्युब च्यानल र मिडियाले अभिनेत्रीलाई लिएर विभिन्न आरोप लगाएका थिए।

अहिले सामन्थाले तिनै फर्जी, भ्रामक र आपत्तिजनक समाचार प्रसारण गर्ने मिडियामाथि उजुरी दर्ता गरेकी हुन्। सामन्थाको उजुरीका आधारमा प्रहरीले सुमन टीभी युट्युब च्यानल, तेलुगू पपुलर टीभी र केही अन्य युट्युब च्यानललाई कानूनी पत्र पठाएको छ।

सामन्थाले यी युट्युब च्यानलले आफ्नो छवि बिगार्नका लागि भ्रामक र आपत्तिजनक समाचार प्रसारण गरेको आरोप लगाएकी छन्। उनले एक वकिल वेंकट रावमाथि पनि लिगल एक्सन लिएकी छन्। सामन्थाका अनुसार वेंकटले सामन्थाको वैवाहिक जीवनलाई लिएर केही दाबी गरेका थिए। वकिलले सामन्थाको अन्य कैयौं व्यक्तिसँग अफेयर रहेको दाबी गरेका थिए।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार