काठमाडौं । बागमती प्रदेशको आजको प्रदेशसभा बैठक चल्ने भएको छ ।
बैठक चल्न दिने सबिषयमा प्रदेश सरकार र प्रतिपक्षी दलबीच सहमति भएको हो । मुख्यमन्त्री डोरमणि पौडेलले संसदलाई विशेष सम्बोधन गर्ने भएपछि बैठक चल्न दिने सहमति भएको हो।
आज बिहान साढे ११ बजे बस्ने बैठकमा मुख्यमन्त्री पौडेलले सम्बोधन गर्ने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ। प्रदेश सरकारले असन्तुलित ढंगले बजेट ल्याएको, कमिसनको लोभमा हतारमा विद्युतीय बस खरिद गर्न लागेको, औचित्यहीन सुरुङमार्ग निर्माण गर्न लागेको र आफू नियन्त्रित सञ्चार गृह सञ्चालन गर्न लागेको भन्दै प्रतिपक्षी दलले लगातार संसद बैठक अवरुद्ध गरेपछि बैठक बस्न सकेको छैन।