आइतवार, श्रावण २४ गते २०८३

कोरोना अपडेट : ५४५ संक्रमित थपिए, ८ जनाको मृत्यु

बिहिवार , कार्तिक ४, २०७८

काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा ५ सय ४५ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ५ सय ४९ जनाको स्वाब परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। 

मन्त्रालयका अनुसार ६ हजार ५ सय ८६ जनाको पिसिआर र १ हजार ९ सय ६३ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। गत २४ घण्टामा ७ सय २६ जना संक्रमित संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।

सोही अवधीमा ८ जनाको संक्रमणका कारण मृत्यु भएको छ। हाल ११ हजार ३ सय १५ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार