बुधवार, आश्विन १४ गते २०८३

विकासले च्यासलबाट खेल्नेभए ‘ए’ डिभिजन लिग 

शुक्रवार , कार्तिक ५, २०७८

काठमाडौं। नेपाली मूलका इटालीयन फुटबलर विकास मेराग्लियाले च्यासय युथ क्लबबाट आसन्न शहीद स्मारक ‘ए’ डिभिजन लिग खेल्ने भएका छन्। 

च्यासल युथ क्लबका अध्यक्ष रमेश व्यन्जनकार र विकासले आज सम्झौतमा हस्ताक्षर गरे। च्यासल मैदानमा आयोजिक पत्रकार सम्मेलनमा हस्ताक्षर सम्पन्न गरिएको हो। ए डिभिजन लिग खेल्न विकास मंगलबार राति इटालीबाट काठमाडौं आइपुगेका थिए।

इटालीयन क्लब एटलान्टालगायत टोलीबाट युरोपेली फुटबल खेलीसकेका छन्। सन् २००८ मा इटालीयन एक दम्पतीले विकासलाई इटाली पुर्‍याएका थिए। ६ वर्षको उमेरमा इटाली पुगेका विकासले त्यहाँको शीर्ष डिभिजनको क्लब– एटलान्टासम्मका फुटबल यात्रा तय गरिसकेका छन्। 

ट्रान्सफर मार्केटको डेटाअनुसार विकासले सन् २०१७ को अक्टोबर १७ मा इटालियन यु-१६ टोलीमा डेब्यु गरेका थिए। सन् २०१८ देखि २०२१ सम्ममा विकासले इटालीका एटलान्टा युथ, एटलान्टा यु-१७, एटलान्टा यु-१९, भेनेजिया यु-१९, एटलान्टा यु-१९ र क्याटोलिका, मेरिग्लियान्सबाट खेलेका छन्।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार