आइतवार, श्रावण २४ गते २०८३

चीनमा फेरि कोरोना संक्रमण तिव्र बन्यो, विद्यालय बन्दसंगै सयौँ उडान रद्द

शुक्रवार , कार्तिक ५, २०७८

काठमाडौं। चीनमा फेरि कोरोना भाइरस संक्रमण देखिएको छ। संक्रमण देखिएसंगै विद्यालय बन्द गरी सरकारले सयौँ उडान स्थगित गरेको छ।

स्यान, कान्सु र इनर मंगोलिया प्रान्तमा प्रभावित क्षेत्रमा स्कुल, मनोरञ्जन स्थल र पर्यटकीय स्थल सबै बन्द गरिएका छन्। केही क्षेत्रका घरमा लकडाउन लगाइएको छ। अत्यावश्यक काम नपरी घरबाहिर ननिस्कन भनिएको छ। ४० लाख जनसंख्या भएको लानचाउ नगरमा घरभित्रै बस्न आग्रह गरिएको छ।

सरकारले व्यापक रूपमा परीक्षण सुरु गरेको छ। कोरोना संक्रमण देखिनुमा पर्यटक जिम्मेवार भएको बताइएको छ। लगातार पाँचौँ दिन चीनमा नयाँ संक्रमित बढेका छन्। 

उत्तरी र उत्तर पश्चिमी क्षेत्रमा संक्रमितको संख्या बढेको समाचारमा जनाइएको छ। राजधानी पेकिङसहित नौ प्रान्त र क्षेत्रमा यसको अधिक प्रभाव देखापरेपछि स्थानीय सरकारले परीक्षण सुरु गरेका छन्।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार