काठमाडौं। पछिल्लो २४ घण्टामा ५५७ जनामा कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६१ जनाको पीसीआर परीक्षण गर्दा ५५२ जना र १ हजार १ हजार ५ सय ६४ जनाको एन्टिजेन परीक्षण गर्दा ३५ जना गरी ५५७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ। त्यस्तै सोही अवधीमा ८७७ जना संक्रमणमुक्त भएका छन्।