काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा ७ सय ७६ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ८ सय ६४ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।
आठ हजार २८४ जनाको पिसिआर परीक्षण र २५८० जनाको एन्टिजेन परीक्षण गरिएको थियो। यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट १३ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार ३६१ पुगेको छ।
सोही अवधीमा ५०१ जना संक्रमित संक्रमणमुक्त भएका छन्। नेपालमा संक्रमण मुक्त हुने दर ९७.३ प्रतिशत रहेको मन्त्रालयको तथ्यांक छ। त्यस्तै काठमाडौं उपत्यकामा २२७ थपिएका छन्। जसमध्ये काठमाडौंमा १८५, ललितपुरमा ३३ र भक्तपुरमा ९ संक्रमित छन्। नेपालमा हाल १० हजार ३६० जना सक्रिय संक्रमित छन्।