शुक्रवार, आश्विन १६ गते २०८३

घट्यो सुनको मूल्य, तोलाको कति छ हेर्नुहोस् 

बुधवार , कार्तिक १०, २०७८

काठमाडौं। नेपाली बजारमा दशैंपछि लगातार बढिरहेको सुनको मूल्य बुधबार भने घटेको छ। बुधबार सुन प्रतितोला ६०० रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भैरहेको छ। मंगलबार प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, बुधबार तेजाबी सुन मूल्य प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भैरहेको छ। मंगलबार प्रतितोला ९२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। 

आज चँदीको मुल्यप िघटेर प्रतितोला एक हजार २५० रुपैयाँमा कारोबार भैरहेको छ। मंगलबार चाँदी प्रतितोला एक हजार २६५ रुपैयाँमा कारोबार भएको थियो। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार