आइतवार, श्रावण २४ गते २०८३

कट्रिना र विक्कीको विहेको चर्चा, यस्तो छ सत्यता

बुधवार , कार्तिक १०, २०७८

काठमाडौं। बलिउडकी चर्चित नायिका कट्रिना कैफको विहेको कुराले फेरी संचार माध्ययम रंगिएका छन्। पछिल्लो केही दिनदेखी भारतिय संचार माध्ययहरुले उनको विहेको चर्चा गरीरहेका छन्। 

खासमा बलिउडमा विगत केही महिनादेखि नायक विक्की कौशल र नायिका कट्रिना कैफको प्रेमको चर्चा चलिरहेको छ। रिपोर्ट अनुसार उनिहरुले विहेको तयारी गरेका हुन्। कट्रिना र विक्कीले डिसेम्बर महिनामा बिहे गर्न लागेको भारतीय मिडियाले उल्लेख गरेका छन्।

मिडिया रिपोर्टका अनुसार, विक्की र कट्रिनाको बिहेको लागि पहिरन चर्चित फेसन डिजाइनर सब्यसाचीले डिजाइन गरिरहेका छन्। कट्रिनाले बिहेमा लगाउनका लागि लेहेंगा रोजेकी छिन्। खासमा यी दुई कलाकार सार्वजनिक रुपमा एकसाथ पनि देखिएका छन्। तर, दुबैले प्रेमको बिषयलाई स्विकार भने गरेका छैनन्।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार