काठमाडौं। पछिल्लो २४ घण्टामा ६७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७,१६७ पीसीआर परीक्षणमा ५८२ र २,३२८ एन्टिजेन परीक्षणमा ९० जना गरी ६७२ जनामा संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार सोही अवधीमा ४९० जना कोरोना संक्रमित संक्रमणमुक्त भएको छन्। त्यस्तै २४ घण्टामा संक्रमणका कारण ८ जनाको मृत्यु भएको छ। हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १० हजार ३७५ रहेको छ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २०२ जना संक्रमित भेटिएका छन्। जसमा काठमाडौं जिल्लामा १३७, ललितपुरमा ५० र भक्तपुरमा १५ जनामा संक्रमण पुष्टि भएको छ।