बुधवार, आश्विन १४ गते २०८३

अल्मुताइरी पुन: नेपाल फर्कन सहमत, थप तीन वर्ष नयाँ समझौता

बुधवार , कार्तिक १०, २०७८

काठमाडौं। पदबाट राजीनामा दिएका नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी नेपाल फर्किन सहमत भएका छन्। यसअघि साफ च्याम्पियनपछि राजीनामाको घोषणा गरेका उनले फेरी ३ वर्षका लागी नेपाल फर्कने निणय गरेका हुन्।

हालै माल्दभ्सिमा भएको साफ च्याम्पियनसीपका क्रममा अल्मुताइरीले अब नेपाल नफर्किने घोषणा साफ फाइनल नै नेपालका लागि आफ्नो अन्तिम खेल हुने बताएका थिए। अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पा र कतार  फुटबल एशोसिएशनका पदाधिकारीहरुसँगको छलफलपछि उनले  थप ३ वर्षको लागि नयाँ सम्झौता गर्ने तय भएको छ।

अल्मुताइरीले सामाजिक सञ्जालमा यसबारे जानकारी दिँदै नेपालमा जागिरलाई निरन्तरता दिने निर्णयमा पुगेको बताएका हुन्। नयाँ चुनौतीको लागि तयार रहेको जनाउँदै अब्दुल्लाहले भनेका छन्, ‘हामी दुई वर्षको लक्ष्य र योजना सार्वजनिक गर्नेछौं। तपाईहरुलाई म वाचा गर्छु कि नेपाली फुटबलको भविष्य राम्रो हुनेछ। हामीलाई केही समय दिनुहोस्।’

उनले आफूलाई देखाएको माया र समर्थन एकदमै महत्त्वपूर्ण रहेको बताउँदै नेपाली समर्थकको मुटुमा आफूलाई बस्न दिन भनेका छन्। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार