आइतवार, श्रावण २४ गते २०८३

प्रतिनिधि सभा बैठक स्थगित एकछिन बसेर २९ गते सम्म स्थगीत

बिहिवार , कार्तिक ११, २०७८

प्रतिनिधिसभाको बिहीबारको बैठक केहीबेर बसेर स्थगीत भएको छ। नेकपा एमालेको अवरोधका कारण प्रभावित हुँदै आएको बैठक आजपनि करिब १५ मिनेट बसेर सकिएको हो। २ बजे सुरु भएको बैठकमा अघिल्ला बैठकमा झै आज पनि सुरुमै एमालेले अवरोध र नाराबाजी गर्यो। 

सभामुख सापकोटाको आसन अगाडि पुगेर उनीहरुले गैर सांसदलाई संसदमा प्रवेश निषेध गर, संवैधानिक सर्वोच्चता कायम गर, संसदीय मर्यादा कायम गर जस्ता नारा लगाएका थिए। एमालेको अवरोधकाबीच सभामुख अग्नि सापकोटाले उद्योग, वाणिज्य तथा  आपूर्ति मन्त्रीबाट गजेन्द्र हमालले दिएको राजीनामा राष्ट्रपति स्वीकृत भएकोबारे राष्ट्रपति कार्यालयबाट आएको पत्र पढेर सुनाए।

यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेश गरेका थिए। साथै संसदको अर्को बैठक कात्तिक २९ गते सोमबार दिउँसो १ बस्ने छ।

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार