काठमाडौं। पछिल्लो २४ घण्टामा ५९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ११ हजार ३ सय ५५ जनाको पिसिआर र एन्टिजेन परिक्षण गर्दा ५ सय ९१ जना संक्रमित भेटिएका हुन।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआरबाट ८ लाख ११ हजार ४०७ जना र एन्टिजेनबाट ९४ हजार ३६९ जना पुगेको छ। हालसम्म संक्रमितमध्ये ७ लाख ८९ हजार ७८९ जना निको भएका छन्।
२४ घण्टामा ६६४ जना संक्रमण मुक्त भएका हुन्। सोही अवधिमा २ जनाको मृत्यु भएको छ। बिहीबारसम्म देशभर १० हजार २३६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हाल देशभर कोरोना निको हुनेदर ९७.३ प्रतिशत रहेको छ।