बुधवार, आश्विन १४ गते २०८३

ए डिभिजन लिगको तालिका सार्वजनिक, उद्घाटन खेलमा फ्रेण्ड्स र सातदोबाटो युथ भिड्ने

शुक्रवार , कार्तिक १२, २०७८

काठमाडौं। शहिद स्मारक ए डिभिजन लिगको उद्घाटन खेलमा फ्रेण्ड्स क्लब र सातदोबाटो युथ क्लब भिड्ने भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गतको लिग कमिटीले शुक्रबार ए डिभिजनका १४ क्लबका प्रतिनिधिको उपस्थितिमा टाइ सिट ड्र गरेको हो।

जसअनुसार यही कात्तिक २९ गतेदेखि प्रतियोगिता सुरु हुने छ। लिगको उद्घाटन खेलमा फ्रेण्ड्स क्लब र सातदोबाटो युथ क्लब भिड्ने भएका छन्। खेल बेलुका ५ बजे दशरथ रंगशालामा हुनेछ । करिब चार महिना चल्ने लिगको उद्घाटन खेल फ्लड लाइटमा खेलाइने छ।

यस्तै दोस्रो दिन हिमालयन शेर्पा क्लबले संकटा क्लबसँग खेल्ने छ। खेल एन्फा कम्प्लेक्समा १२ बजे शुरु हुनेछ दोस्रो दिनै च्यासल युथ क्लब र थ्री स्टार क्लबीच दोस्रो खेल हुने। लिगमा कुल १३ राउण्डमा ९१ खेल हुनेछ। लिग फागुन १४ गतेसम्म चल्नेछ। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार