आइतवार, श्रावण २४ गते २०८३

२४ घण्टामा ५४९ जना संक्रमित थपिए, ६ जनाको मृत्यु

शुक्रवार , कार्तिक १२, २०७८

काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा ५४९ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार १४५ नमुनाको पीसीआर परीक्षणमा ४९० र २ हजार ६०१ नमुनाको एन्टिजेन परीक्षण गर्दा ५४९ जनामा कोरोना संक्रमण देखिएको हो।

नयाँ थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ६ हजार ३२५ पुगेको छ। जसमध्ये हालसम्म ७ लाख ९० हजार ३५८ जना संक्रमणमुक्त भएका छन्। २४ घण्टामा ५६९ जना निको भएका छन्।

२४ घण्टामा थप ६ जनाको मृत्यु भएको छ। हालसम्म ११ हजार ३८८ जनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार देशभर रहेका संक्रमितमध्ये ९ हजार ३७९ जना होम आइसोलेसनमा रहेका छन्। यस्तै ७७२ जना संस्थागत आइसोलेसनमा छन्। कोरोनाका बिरामीमध्ये २४२ जना आईसीयू र ७८ जना भेन्टिलेटरमा उपचाररत् छन्।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार