काठमाडौं। पछिल्लो २४ घण्टामा थप ३७२ जनामा कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५,३१६ पीसीआर परीक्षणमा २९७ जना र २,५९५ एन्टिजेन परीक्षणमा ७५ जना गरी ३७२ जनामा संक्रमण पुष्टि भएको हो।
त्यस्तै २४ घण्टामा कोरोना संक्रमणका कारण ११ जनाको मृत्यु भएको छ। सोही अवधीमा ९११ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर ९ हजार ५२६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा काठमाडौंमा १०३, ललितपुरमा ४५, झापामा २२, भक्तपुरमा २०, चितवनमा १८ र रुपन्देहीमा १२ जना संक्रमित भेटिएका छन्।