काठमाडौं । ब्राजिलमा कोभिड–१९ को संक्रमणबाट एकै दिन १२०५ जनाको मृत्यु भएको छ । त्यहाँका स्वास्थ्य अधिकारीहरूले आइतबार दिएको जानकारी अनुसार योसँगै ब्राजिलमा कोभिडका कारण ज्यान गुमाउनेको संख्या ५ लाख ३२ हजार भन्दा बढी पुगेको छ ।
यसैगरी त्यहाँ गएको २४ घन्टामा ४८ हजार बढी व्यक्ति कोरोनाबाट संक्रमित भएका छन् । आइतबार सम्ममा यहाँका १ करोड ९० लाख ९८ हजार भन्दा बढी व्यक्ति संक्रमित हुन पुगेको छ ।
ब्राजिलको स्वास्थ्य मन्त्रालयले आइतबार दिएको जानकारीमा पछिल्लो समयमा मृत्यु हुने प्रतिशत पनि दिन प्रतिदिन बढ्दै गएको छ । कोरोनाको नयाँ प्रजातिको भाइरसको पनि प्रकोप देखिएको ती अधिकारीले जनाएका छन् ।
ब्राजिलका स्वास्थ्य अधिकारीहरूले दिएको जानकारीअनुसार यहाँका प्रति एक लाख जनामा २५३ जनाको मृत्यु भएको बताइएको छ । यो मृत्युको प्रतिशत गएका केही महिनाअघि मात्र हेर्दा प्रति एक लाख जनसंख्या संक्रमणमा कम्तीमा पनि १३३ जनाको ज्यान जाने गरेको पनि बताइएको थियो ।