आइतवार, श्रावण २४ गते २०८३

२४ घण्टामा थपिए ४०८ संक्रमित, ८ जनाको मृत्यु

आइतवार , कार्तिक १४, २०७८

काठमाडौं। पछिल्लो २४ घण्टामा ४ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ७ हजार ८ सय ९९ जनाको नमुना परिक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। 

त्यस्तै २४ घण्टामा थप ८ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार चार सय ७ जना पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

सोही अवधीमा पाँच सय १८ जना जना संक्रमित संक्रमणमुक्त भएका छन्। देशभर हाल सक्रिय संक्रमितको संख्या ९ हजार तीन सय ७६ जना रहेको मन्त्रालयले जनाएको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार