काठमाडौं । नेकपा एमालेका नेता वामदेव गौतमले संविधान संशोधन गरेर राष्ट्रिय सभा सदस्य प्रधानमन्त्री बन्न पाउने व्यवस्था राख्नुपर्ने बताएका छन् ।
तथा राष्ट्रियसभा सदस्य समेत रहेका नेता गौतमले आइतबार राष्ट्रियसभाको बैठकमा बोल्दै राष्ट्रियसभा सदस्य गौतमले प्रतिनिधिसभा र राष्ट्रियसभाबीचको विभेद हटाउनका लागि संविधान संशोधन गरेर भएपनि राष्ट्रिय सभा सदस्यलाई प्रधानमन्त्री बनाउन सकिने व्यवस्था राख्नुपर्ने सुझाव दिए ।
अर्को प्रसंगमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८÷८९ को बजेट राष्ट्रियसभामा पेश गर्नुपर्ने पनि बताए । नियमावली परिवर्तन गरेर भएपनि बजेट राष्ट्रियसभाबाट पारित गर्नुपर्ने व्यवस्था राख्नुपर्नेमा उनको जोड छ । राष्ट्रिय सभालाई बजेट बारे छलफल तथा विचार, विमर्श गर्ने अधिकार भएको उनले बताए।