आइतवार, श्रावण २४ गते २०८३

प्रहरीले बिनाकसुर सुशान्तलाई झापड हानेर हिरासत पुर्याएपछि फेसबुक लाइभ आएर भने, चुप लागेर बस्दिन

सोमवार , कार्तिक १५, २०७८

काठमाडौं। चर्चित डान्सर सुशान्त खत्रीले आफूलाई प्रहरीको दादागीरी माथी चुप लागेर नबस्ने बताएका छन्। सुशान्तले फेसबुक लाइभमा आएर प्रहरीले आफुलाई बिनाकसुर नियन्त्रणमा लिएर झापड हानेको दावी गरेका छन्। फेसबुक लाइभमा आफ्नो पीडा पोख्दै प्रहरीको व्यवहारबाट मन दुखेको भन्दै प्रहरीले कल नगरे कानुनी उपचारमा जाने बताएका छन्।

खत्रीका अनुसार उनलाई काठमाडौंको एउटा क्लवबाट नियन्त्रणमा लिइएको थियो। आफु साथीहरुसंग त्यहाँ रहेको र निस्कने बेला प्रहरी त्यहाँ पुगेर विनाकारण झापड हानी नियन्त्रणमा लिइएको थियो। त्यहाँबाट सोह्रखुट्टे प्रहरीमा वृत्तमा लगेर एक घन्टा हिरासतमा राखिएको उनको भनाइ छ। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार