काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा ५ सय ३३ जना कोरोना संक्रमित थपिएका छन्। २४ घण्टामा ११ हजार ६ सय ६४ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। त्यस्तै २४ घण्टामा कोरोनाबाट थप ९ जनाको मृत्यु भएको छ।
योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार चार सय १६ जना पुगेको छ। सोही अवधीमा ४९० जना संक्रमित कोरोनामुक्त भएका छन्। हाल देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ३१८ रहेको मन्त्रालयले जनाएको छ।