काठमाडौं। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिने तयारी गरेका छन्। कांग्रेससँग भएको आलोपालोको सहमतिअनुसार मुख्यमन्त्री शाहीले राजीनामा दिने तयारी गरेको जनाइएको छ।
यसअघि राजीनामा दिन आनाकानी गरीरहेका मुख्यमन्त्री शाही कांग्रेसको साथ छोड्ने चेतावनीपछि राजीनामा दिने तयारी गरेका हुन्। आन्तरिक मामिला तथा कानुन मन्त्रालय तथा प्रदेश सरकारकी प्रवक्ता सीता कुमारी नेपालीले सहमतिअनुसार आजै राजीनमा हुने बताइन्।
आलोपालोको सहमतिअनुसार कात्तिक १५ गते कांग्रेसलाई प्रदेशको सत्ता छाड्ने गरी वैशाख ३ गते महेन्द्रबहादुर शाही र जीवनबहादुर शाहीबीच लिखित सहमति भएको थियो।