सोमवार, आश्विन २६ गते २०८३

कर्णालीका मुख्यमन्त्री शाहीले दिए राजीनामा, जीवनबहादुर नयाँ मुख्यमन्त्री बन्ने

सोमवार , कार्तिक १५, २०७८

काठमाडौं। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पदबाट राजीनामा दिएका छन्। कर्णालीवासीको नाममा सम्बोधन गर्दै शाहीले मुख्यमन्त्री पदबाट राजीनामा दिएको घोषणा गरे। सत्ता साझेदार नेपाली कांग्रेससँग भएको आलोपालो सरकार चलाउने सहमतिअनुसार मुख्यमन्त्री शाहीले सोमबार साँझ राजीनामा दिएका हुन्।

कांग्रेस माओवादीबीच पहिलो ६ महिना शाही र बाँकी समय कांग्रेसका जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने समझदारी बनेको थियो। उनले नयाँ सरकारलाई आफ्नो र पार्टीको पूर्ण समर्थन रहेको बताएका छन्। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार