आइतवार, श्रावण २४ गते २०८३

२४ घण्टामा ४४७ जना संक्रमित थपिए, ७ को मृत्यु

बुधवार , कार्तिक १७, २०७८

काठमाडौं। बितेको २४ घण्टामा ४४७ जना कोरोनाभाइरस संक्रमित थपिएका छन्। मन्त्रालयले पछिल्लो २४ घण्टामा ९ हजार ९१३ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित फेला परेका हुन्। 

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख १३ हजार ८२८ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९४ हजार ७२६ जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै २४ घण्टामा ७ जनाको मृत्यु भएको छ। हालसम्म ११ हजार ४३४ जनाको संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका अनुसार संक्रमितमध्ये हालसम्म ७ लाख ९३ हजार २७१ जना निको भएका छन्। नेपालमा निको हुने दर ९७.५ प्रतिशत रहेको छ। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार