आइतवार, श्रावण २४ गते २०८३

शुक्रबार ३९७ जनामा संक्रमण पुष्टि, ३ जनाको मृत्यु

शुक्रवार , कार्तिक २६, २०७८

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर ३९७ जना कोरोना संक्रमित थपिएका छन्। देशभर ११ हजार ६६ वटा नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख १६ हजार ४१५ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९५ हजार ३७ पुगेको छ। संक्रमितमध्ये हालसम्म ७ लाख ९७ हजार ४४८ पुगेको छ।

२४ घण्टामा ३८९ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ। यस्तै पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ। यससँगै देशभर मृतकको कुल संख्या ११ हजार ४६९ पुगेको छ। हाल देशभर सक्रिय संक्रमित ७ हजार ४९८ जना रहेको मन्त्रालयको तथ्याङ्क छ। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार