काठमाडौं। हालै मात्रै चीनमा एउटा यस्तो घटना सार्वजनिक भएको छ, जसले निकै चर्चा कमाइरहेको छ। चीनमा मानिसहरूले आफ्ना बालबालिकाहरूलाई कुखुराको रगतको सुई लगाइदिने गरेको घटना सार्वजनिक भएको हो।
खानपान र स्वास्थ्य निकै सजग मानिने चिनियाँहरुले कुखुराको रगत इनजेक्नबाट सिधै बालबालिकालाई लगाइदिने गर्दछन्। यसको कारण भने स्वास्थ्य राम्रो हुन्छ भन्ने धारणा रहेको छ। समाचार अनुसार उनहिरुले बालबालिकामा स्वास्थ्य समस्या नआउन् भनेर कुखुराको रगतको इन्जेक्सन लगाउने गरेका हुन्।
आफ्ना सन्तानलाई सुपर बच्चा बनाउने भन्दै अभिभावकहरूले यस्तो जोखिमपूर्ण तथा घातक काम गरिरहेका छन्। मिडिया रिपोर्ट अनुसार कुखुराको रगतको इन्जेक्सन लगाउनाले क्यान्सर, तालु खुइलिने, बाँझोपनलगायतका रोगहरू नलाग्ने दाबी गरिन्छ।
कुखुराको रगतमा पाइने स्टेरोइडले बच्चालाई पढाइ र खेलकुदमा तेज बनाउने विश्वास पनि रहेको छ। चिकेन ब्लड थेरापीको यस्तो क्रेज चीनमा फैलिरहँदा अभिभावकहरू आफ्ना बच्चालाई रगतको इन्जेक्सन लगाउन तछाडमछाड गरिरहेको समाचारमा जनाइएको छ। यसलाई चिकेन प्यारेन्टिंगको नाम दिइएको छ।
चीनको बेइजिंग, ग्वान्झाउ तथा सांघाइजस्ता सहरका मध्यमवर्गीय परिवारका अभिभावकहरुमा चिकेन बेबीको यो ट्रेण्ड तीव्र रुपमा फैलिरहेको बताइएको छ।