आइतवार, श्रावण २४ गते २०८३

कैलालीमा आजदेखि कांग्रेसको वडा अधिवेशन हुँदै

शनिवार , कार्तिक २७, २०७८

काठमाडौं। नेपाली काँग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत कैलालीमा आजदेखि वडा अधिवेशन सुरु हँदैछ।

तेस्रो पटक मिति तोकिएपछि अधिवेशन प्रक्रिया अघि बढेको हो। आजदेखि जिल्लाका १२६ वटै वडामा वडा अधिवेशन सुरु हुने पार्टी सभापति नरनारायण शाहले जानकारी दिए। 

उनले अधिवेशनका लागि सबै वडामा निर्वाचन अधिकृत खटाइसकिएको बताए। अधिवेशन सफल बनाउन एक हजार ५०१ जनाको मुल समिति र ११ वटा उपसमिति गठन गरिएको छ।

कैलालीमा टेकबहादुर सुवेदीलाई मुख्य निर्वाचन अधिकारीको जिम्मेवारी दिइएको काँग्रेस कैलालीले जनाएको छ। वडा अधिवेशनको अन्तिम नामावली कात्तिक २८ गतेभित्रै सार्वजनिक गर्दै ३० गते पालिका अधिवेशन गर्ने तालिका रहेको सभापति शाहको भनाइ छ। कैलालीमा नेपाली कांग्रेसका १८ हजार २७३ क्रियाशील सदस्य रहेका छन्। 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार