काठमाडौं। पछिल्लो २४ घण्टामा ३०६ जना कोरोना संक्रमित थपिएका छन्। स्वाथ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ८ हजार ८ जनाको पीसीआर परीक्षण गर्दा २९१ जना र १ हजार ५ सय ९८ जनाको एन्टिजेन परीक्षण गर्दा १५ जना गरी ३०६ जनामा संक्रमण पुष्टी भएको हो।
आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १२ हजार ५३ पुगेको छ। हालसम्म ७ लाख ९८ हजार २७४ जना संक्रमणमुक्त भएका छन्। आइतबार ३४८ जना संक्रमणमुक्त भएका छन्। यस्तै २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४७७ पुगेको छ। मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार २१५ जना रहेका छन्। जसमध्ये ६ हजार ६९९ जना होम आइसोलेसनमा रहेका छन्।