काठमाडौं। पछिल्लो २४ घण्टामा थप ४१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ५ सय ५४ जनाको पीसीआर परीक्षण गर्दा ३६७ जना र ४ हजार ४ सय ४८ जनाको एन्टिजेन परीक्षण गर्दा ४९ जना गरी ४१६ जनामा संक्रमण देखिएको हो।
आज थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १२ हजार ४६९ पुगेको छ। जसमध्ये ७ लाख ९८ हजार ५४४ जना संक्रमित संक्रमणमुक्त भैसकेका छन्। सोमबार २७० जना संक्रमित संक्रमणमुक्त भए। त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ।
यो संगै नेपाल कोरोनाले मृत्यु हुनेको संख्या ११ हजार ४७८ पुगेको छ। मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ३११ जना रहेका छन्। जसमध्ये ६ हजार ७७९ जना होम आइसोलेसनमा रहेका छन् भने ५३२ जना संस्थागत आइसोलेसनमा रहेका छन्।