सोमवार, श्रावण २५ गते २०८३

सुसाइड नोट लेखेर रामचन्द्रले ससुराली घरमै पासो लगाएर गरे आत्महत्या 

मंगलवार , कार्तिक ३०, २०७८

काठमाडौं। धनुषाका एक युवाले आफ्नो मृत्युको कारण ससुराली रहेको सुसाइड नोट लेखेर आत्महत्या गरेका छन्। मिथिला नगरपालिका-२ बस्ने २६ वर्षीय रामचन्द्र महतोले सोमबार राति मिथिला नगरपालिका-५ स्थित श्रीपुरमा रहेको ससुराली घरमा पासो लगाएर आत्महत्या गरेका हुन्।

झुण्डिएर अचेत फेला परेका रामचन्द्रलाई उपचारका लागि जनकपुरस्थित अस्पतालमा लग्ने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक महतोको खल्तीमा फेला परेको सुसाइड नोटमा उनले ससुरालीका सबै परिवारजन मिलेर सोमबार निर्घात कुटपिट गरेकाले आफ्नो मृत्यु भए त्यसको सम्पूर्ण जिम्मेबार ससुरालीका सबै सदस्य हुने भनेर उल्लेख गरिएको धनुषाका प्रहरी प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले बताए।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार