काठमाडौं। पछिल्लो २४ घण्टामा थप ३७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ५ सय ५ जनाको पीसीआर परीक्षण गर्दा ३३९ जना र २ हजार ६ सय ४४ जनाको एन्टिजेन परीक्षण गर्दा ३८ जना गरी ३७७ जनामा संक्रमण देखिएको हो।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ। योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ४८२ पुगेको छ। सोही अवधीमा १७० जना निको भएका छन्। हालसम्म ७ लाख ९८ हजार ७१४ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ४७६ जना रहेका छ। जसमध्ये ६ हजार ९८४ जना होम आइसोलेसनमा रहेका छन् भने ४९२ जना संस्थागत आइसोलेसनमा रहेका छन्। कोरोनाका बिरामीमध्ये २१९ जना आईसीयू र ५९ जना भेन्टिलेटरमा उपचाररत् छन्।