शुक्रवार, कार्तिक ७ गते २०८३

१७ करोडभन्दा बढी ऋण लागेपछि धुर्मुसले मागे गुहार : भन्छन्, ‘रंगशालाको जिम्मा सरकारले लिनुपर्छ’

मंगलवार , कार्तिक ३०, २०७८

काठमाडौं। १७ करोड बढी ऋण लागेको भन्दै गौतमबुद्ध अन्तरराष्ट्रिय रंगशालाको निर्माण गरीरहेका धुर्मुुसले गुहार मागेका छन्। धुर्मुस सुन्तली फाउण्डेशनको नेतृत्वमा जनस्तरबाट निर्माण भइरहेको गौतमबुद्ध अन्तरराष्ट्रिय रंगशालाको निर्माण कार्य रकम अभावका कारण पछिल्लो चार महिनादेखि रोकिएको छ।

तीन वर्षअघि घोषणा भएर निर्माण कार्य सुरु भएको रंगशाला आर्थिक अभावका कारण रोकिन पुगेको हो। रंगशाला निर्माण कार्यको नेतृत्व गरिरहेका सीताराम कट्टेल (धुर्मुस)ले एउटा भिडियो सार्वजनिक गर्दै अब रंगशालाको अविभावकत्व सरकारलाई लिन आग्रह गरेका छन्। 

काम रोकिएको ऋण लागेका ठाँउहरुबाट समेत तनाव दिरहेको भन्दै उनले यसको जिम्मा अब सरकारले लिनुपर्ने भनेका छन्। कोरोनाको महामारी, चाडपर्वमा दिन रात नभनी रंगशाला तोकिएको समयमा निर्माण हुनुपर्छ भनेर लाग्दा पनि निर्माणको काम पूरा हुन नसकेको धुर्मुसले उक्त भिडियोमा भनेका छन्। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार