शुक्रवार, कार्तिक ७ गते २०८३

आजदेखी ई-पासपोर्ट जारी, पहिलो ई-पासपोर्ट शताब्दी पुरुष जोशीलाई

बुधवार , मंसिर १, २०७८

काठमाडौं। राहदानी विभागले विद्युतीय राहदानी (ई-पासपोर्ट) जारी गरी परिक्षण वितरण सुरु गरेको छ। शताब्दी पुरुष सत्यमोहन जोशीलाई पहिलो साधारण ई–पासपोर्ट दिएर ई–पासपोर्ट जारी गर्न सुरु गरेको हो। राहदानी विभागमा बुधबार आयोजित एक कार्यक्रममा परराष्ट्र मन्त्री डाक्टर नारायण खड्काले जोशीलाई पासपोर्ट हस्तान्तरण गरे।

जोशीले आफूलाई पहिलो इ-पासपोर्ट पाउँदा निकै खुशी लागेको बताए। यो पासपोर्टले नेपालको पहिचान बोक्ने भएकाले निकै महत्वपूर्ण रहेको भन्दै जोशीले सरकारलाई सफलताको शुभकामना पनि व्यक्त गरे। ई-पासपोर्ट अनलाइनबाटै मिति र समय बुकिङ गरेर लिन सक्ने हुँदा सेवाग्राहीलाई लाइन बस्ने झन्झट नहुने राहदानी विभागका महानिर्देशक डोरनाथ अर्यालले बताए।

हस्तलिखित हुँदै मेशिन रिडेबल पासपोर्ट (एमआरपी) जारी गर्दै आएको विभागले अब एमआरपी पनि विस्तारै विस्थापित गर्ने जनाएको छ। यसैविच संस्कृतिविद् सत्यमोहन जोशीले आफूसँग भएको पुरानो राहदानी (पासपोर्ट) सरकारलाई बुझाएका छन्।

परराष्ट्रमन्त्री डा.नारायण खड्काले नेपालको पहिलो विद्युतीय राहदानी (ई-पासपोर्ट) उपलब्ध गराएपछि डा. जोशीले एमआरपी पासपोर्ट राहदानी विभागका निर्देशक डोरनाथ अर्याललाई हस्तान्तरण गरेका हुन्। जोशीको पुरानो राहदानी संग्राहलयमा राखिने भएको छ। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार