आइतवार, श्रावण २४ गते २०८३

पछिल्लो २४ घण्टामा ४१२ संक्रमित थपिए, १ जनाको मृत्यु

बुधवार , मंसिर १, २०७८

काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा ४१२ जनामा कोरोनाभाइरस संक्रमण थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ९९३ जनाको नुमना परिक्षण गर्दा ४१२ जनामा संक्रमण पुष्टि भएको हो। 

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख १८ हजार ३५ जना पुगेको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ९५ हजार २२३ जना पुगेको छ। संक्रमितमध्ये हालसम्म ७ लाख ९८ हजार ९१६ पुगेको छ। पछिल्लो २४ घण्टामा २०२ जना कोरोनाभाइरस संक्रमित संक्रमणमुक्त भएका छन्। 

मन्त्रालयका अनुसार २४ घण्टामा थप एक जना संक्रमितको मुत्यु भएको छ। यससँगै मृतकको कुल संख्या ११ हजार ४८३ जना पुगेको छ। हाल देशभर ७ हजार ६३६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्याङ्क छ। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार