आइतवार, आश्विन २५ गते २०८३
एमाले विवाद

१२ घण्टादेखी एमाले कार्यदल बैठक जारी, सहमतिमा अझै अलमल 

आइतवार , आषाढ २७, २०७८

काठमाडौं । नेकपा एमालेको विवाद समाधानका लागी बसेको कार्यदल बैठक १२ घण्टादेखी बसीरहेको छ । 
कार्यदलको बैठक बिहान ८ बजेदेखि सिंहदरबारस्थित अर्थमन्त्रालयमा जारी छ ।

बैठकमा विवाद समाधान खोज्नेबारे कार्यदलमा रहेका नेताहरु दिनभर छलफल भएपनि समाधानको टुङ्गोमा पुग्न सकेको छैन ।  कार्यदलमा रहेका ओली पक्षका उपप्रधानमन्त्री विष्णु पौडेलले विवाद समाधानका लागि पहल जारी रहेको बताएका छन् ।

कार्यदल बैठक चलिरहेका बेला आइतबार साँझ नक्सालस्थित होटल मेरियट पुगेर फर्किएका पौडेलले समस्या समाधानका लागि प्रयास भइरहेको बताएका हुन् । कार्यदलका सदस्य सुवास नेम्वाङले छलफल सकारात्मक भइरहेको दाबी गरेका छन् । 

कार्यदलका सदस्य घनश्याम भुसालले बैठकले कुनै प्रगति गर्न नसकेको नेता बताएका छन् । करिब ११ घण्टादेखि जारी बैठकबाट केही समय बाहिर निस्केका नेता भुसालले भने, ‘हिजोको भन्दा आज केही  फरक नभएको बताएका हुन् ।

छलफल जारी रहेकाले टुंगोमा पुगिन्छ, पुगिँदैन अहिले नै भन्न सक्ने अवस्था नभएको समेत उनले बताए । तर कार्यदलमा आजै सहमति जुटाउने प्रयास गरिरहेको उनले सुनाए ।

कार्यदलको मस्यौदाप्रति नेता माधवकुमार नेपालले असन्तुष्टि जनाएपछि सहमति बन्न सकेको छैन । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार