शुक्रवार, आश्विन २३ गते २०८३

झापा ५ बाट खस आर्य कोटाबाट कांग्रेसको महाधिवेशन प्रतिनिधि बन्छु भन्ने शैक्षिक व्यक्तित्व देविभक्त निरौलाको दाउ के ?

शुक्रवार , मंसिर ३, २०७८

झापा। नेपाली कांग्रेसको भइरहेको १४ औं महाधिवेशनमा झापाको क्षेत्र नम्बर ५ बाट देविभक्त निरौलाले दाबी गरेका छन् । लामो समयसम्म कांग्रेसको राजनीति गरेर पार्टीको लागि धेरै दुःख गरेका निरौला स्थानीय स्तरमा मात्र नभएर केन्द्रमा पनि शैक्षिक व्यक्तित्व भनेर चिनिन्छन् ।

अझै पनि शिक्षण गर्दै आएका उनले खस आर्य कोटामा दाबी गरेका हुन् । ‘अरुभन्दा पार्टीमा कम योगदान छ भन्ने मलाई लाग्दैन, पार्टीलाई कसरी अघि बढाउनुपर्छ भन्ने दृष्टिकोण मसँग छ’ उनले भने ‘ मतदाताहरुले मतदान गर्नुहुन्छ भन्ने मलाई विश्वास छ, उहाँहरुको मतको सम्मान गर्ने छु ।’ उनले आफू महाधिवेशन प्रतिनिधि भएपछि आफ्नो ठाउँबाट कांग्रेसलाई गतिशील र चलायमान बनाउने पनि स्पष्ट पारेका छन् ।

शिक्षण पेशाका क्रममा उनले सक्रिय राजनीति नगरे पनि पेशागत संघ संगठनमा बसेर महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । दमक नगरपालिका ३ बाट सम्मानजनक मत ल्याएर क्षेत्रिय प्रतिनिधि चुनिएका निरौला शैक्षिक तथा वौैद्धिक व्यक्तित्वका रुपमा चिनिन्छन् ।

नेपाल शिक्षक संघको दमक नगर समिति, क्षेत्रीय समिति क्षेत्र नम्वर ५ को अध्यक्ष हुँदै हाल केन्द्रीय महाधिवेशन प्रतिनिधिसमेत रहेका निरौलाले आफ्ना शुभचिन्तक र पार्टीका स्थानीय नेतृत्वहरुसँगको परामर्श र छलफलपछि आफू उम्मेदवारका रुपमा उभिने निधो गरेका हुन् । ‘म हचुवाको भरमा प्रतिनिधि बन्न खोजेको होइन, पटक पटक भएको छलफलमा साथीहरुले तपाइजत्तिको मान्छे प्रतिनिधि बन्नुपर्छ भनेपछि अघि बढेँ’ उनले भने ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार