काठमाडौं। देशभर थप २ सय ४२ जना कोरोना सङ्क्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ७ हजार १३६ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २०९ र एन्टिजेन विधिबाट ३३ जनामा सङ्क्रमण पुष्टि भएको हो।
यही अवधिमा थप ४ सय ४४ जना सङ्क्रमणमुक्त भएका छन्। योसँगै नेपालमा कूल सङ्क्रमित मध्ये ७ लाख ९९ हजार ९८९ जना निको भएका छन्। नेपालमा निको हुने दर ९७.७ प्रतिशत छ। हाल देशभर ७ हजार ३०३ जना सक्रिय सङ्क्रमित रहेका छन्।
त्यस्तै, कोरोना सङ्क्रमणबाट थप १ जनाको मृत्यु भएको छ। यो संगै नेपालमा हालसम्म कूल ११ हजार ४९५ जना सङ्क्रमितको मृत्यु भइसकेको छ। नेपालमा कोरोनाको मृत्यु दर १.४ प्रतिशत रहेको छ।