शुक्रवार, आश्विन १६ गते २०८३

बढ्ने भयो दुधको मुल्य, कति पुग्दै छ लिटरको ?

आइतवार , मंसिर ५, २०७८

काठमाडौं। सरकारले दूधको पनि मूल्य वृद्धि गर्ने तयारी गरेको छ। केन्द्रीय दुग्ध उत्पादक सहकारी र निजी क्षेत्रको प्रस्ताव अनुसार नै दूग्ध विकास बोर्डले दूधको मूल्य वृद्धि गर्न लागको हो।

दुग्ध विकास संस्थानका महाप्रबन्धक रुद्धप्रसाद पौडेलले दूधको मूल्य वृद्धिका लागि छलफल भएको बताए। निजी क्षेत्र र दुध उत्पाकहरु पनि मूल्य वृद्धिका लागि तयार भएको उनले जानकारी दिए।

कृषले दूध उत्पादन गर्दा कति खर्च लाग्छ भन्ने हिसाव गरेर नै नयाँ मूल्य तोक्नका लागि छलफल भइरहेको छ। कृषिका लागि आवश्यक पर्ने सबै बस्तुको हाल मूल्य वृद्धि भएको छ। त्यसैको अनुपातमा नयाँ मूल्य निर्धारणका लागि छलफल भइरहेको जनाइएको छ। 

लागत हेरेर दूध प्रतिलिटर ५ देखि १० रुपैयाँसम्म मूल्य वृद्धि हुने लागत बढे १० रुपैयाँभन्दा पनि धेरै समेत मूल्य वृद्धि हुनसक्ने भनिएको छ। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार