काठमाडौं। पछिल्लो २४ घण्टामा थप ३८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ९ सय २१ जनाको पीसीआर परीक्षण गर्दा ३६७ जना र २ हजार ७ सय ७६ जनाको एन्टिजेन परीक्षण गर्दा १८ जना गरी ३८५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।
सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १४ हजार ७१८ पुगेको छ। यस्तै २४ घण्टामा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ। सोही अवधीमा २५८ जना संक्रmमणमुक्त भएका छन्।
योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ५ सय पुगेको छ भने ८ लाख ६१७ जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार २६९ जना रहेका छन्। ज