आइतवार, श्रावण २४ गते २०८३

कांग्रेस नेता मोहन बस्नेत अस्पताल भर्ना

मंगलवार , मंसिर ७, २०७८

काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्वमन्त्री मोहनबहादुर बस्नेत अस्पताल भर्ना भएका छन्। रुघाखोकी र ज्वरो देखिएपछि उनी सोमबार काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका हुन्।

कांग्रेस अधिवेशनका क्रममा गृह जिल्ला सिन्धुपाल्चोकमा रहेका नेता बस्नेत रुघाखोकी र ज्वरोबाट पीडित भएका हुन्। जाँचका क्रममा चिकित्सकको सल्लाहअनुसार अस्पताल भर्ना गरिएको नेता बस्नेतका सञ्चार सहयोगी रामचन्द्र दुलालले जानकारी दिए।

बस्नेत पार्टीको १४औँ महाधिवेशन सम्पन्न गर्नका लागि गठित स्वास्थ्य समितिका संयोजकसमेत हुन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार