काठमाडौं। पछिल्लो २४ घण्टामा ३५२ नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार १७४ जनाको नमुना परीक्षण गर्दा ३५१ जनामा संक्रमण पुष्टि भएको हो।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख १९ हजार ६९९ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९५ हजार ३७० जना पुगेको छ। संक्रमितमध्ये हालसम्म ८ लाख ८९० जना निको भएका छन्। २४ घण्टमा २७३ जना संक्रमणमुक्त भएका छन्।
संक्रमणका कारण २४ घण्टामा ९ जनाको मृत्यु भएको छ। हालसम्म नेपालमा कोरोनाका कारण कुल ११ हजार ५०९ जनाको मृत्यु भएको छ। हाल देशभर ७३०० जना सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्याङ्क छ।