आइतवार, श्रावण २४ गते २०८३

कांग्रेसको २६ जिल्ला सभापतिमा कहाँ को बिजयी भए?

बुधवार , मंसिर ८, २०७८

काठमाडौं। कांग्रेसको जिल्ला सभापति निर्वाचनको बुधबार दिउँसोसम्म २६ जिल्लाका नतिजा आएको छ। हालसम्म २६ जिल्लामा कांग्रेसको नेतृत्व चयन भएको छ। जसमा संस्थापन देउवा पक्षले १४ जिल्लामा र पौडेल पक्ष १२ वटा जिल्लामा विजयी भएको छ।

यसअघिकै कार्यतालिका अनुसार भएको हिमाली र उच्च पहाडी एवं एक निर्वाचन क्षेत्र भएका जिल्लामा भएको अधिवेशनपछि १३ जिल्लाको नतिजा आएको थियो। पहिलो नतिजामा संस्थापनले ५ जिल्ला जित्दा पौडेल पक्ष ८ जिल्लामा विजय प्राप्त गरेको थियो। कुन जिल्लामा को सभापति हेर्नुहोस्।

सभापति देउवा पक्षका सभापति जित्ने यी हुन्। 
मनाङ      -   शंकर गुरुङ
ताप्लेजुङ  -   गजेन्द्र तुम्याहाङ
रामेछाप    -  पूर्णबहादुर तामाङ (कान्छाराम)
हुम्ला        -  मोहनविक्रम सिंह
बझाङ     -  खड्गबहादुर बोहोरा 
डडेल्धुरा  -  भीमबहादुर साउद
सल्यान    -   केशवबहादुर विष्ट
पाँचथर    - रुपनारायण जवेगु
लमजुङ   - टकराज गुरुङ
म्याग्दी     - खमबहादुर गर्वुजा
जाजरकोट - बेदराज सिंह
डोल्पा       -  दीपेन्द्रबहादुर शाही
जुम्ला       - कर्णबहादुर शाही
मुगु          - ऐनबहादुर शाही


पौडेल पक्षले जितेका जिल्ला र सभापति
मुस्ताङ       - रोमी गौचन थकाली
संखुवासभा  -  दिपक खड्का
कालिकोट   - अम्मबहादुर शाही
रुकुमपूर्व    -  केशरमान रोका पौडेल
गोरखा       -  नन्दप्रसाद न्यौपाने 
दोलखा      -  बर्मा लामा
मुगु          -   ऐनबहादुर शाही 
बाजुरा      -  रामसिंह रावल

अर्घाखाँची -  केशव श्रेष्ठ 
प्युठान      -  विष्णुकुमार गिरि
बैतडी       -  चतुबहादुर चन्द
तेह्रथुम     -  अर्जुन तुम्बाहाङ्फे 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार