आइतवार, श्रावण २४ गते २०८३

बुधबार ३३२ जना संक्रमित फेला, ४ जनाको मृत्यु

बुधवार , मंसिर ८, २०७८

काठमाडौं। पछिल्लो २४ घन्टामा नेपालमा ३ सय ३२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ७ हजार ५ सय ९० जनाको पीसीआर परीक्षण गर्दा ३ सय ५ जना र २ हजार ३ सय ३० जनाको एन्टीजेन परीक्षण गर्दा २७ जना गरी ३ सय ३२ जनामा संक्रमित भेटिएका हुन्।

यस्तै २४ घण्टामा ४ जना संक्रमितको मृत्यु भएको छ मन्त्रालयलले जनाएको छ। सोही अवधीमा २३२ जना संक्रमित संक्रमण मुक्त भएका छन्। हाल देशभर ७ हजार ३ सय ६९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्याङ्क छ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार