आइतवार, श्रावण २४ गते २०८३

बिहिबार ३०८ जनामा सङ्क्रमण पुष्टि, ३ जनाको मृत्यु

बिहिवार , मंसिर ९, २०७८

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर थप ३०८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ८ हजार ९०९ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २८१ र एन्टिजेन विधिबाट २७ जनामा सङ्क्रमण पुष्टि भएको हो।

नेपाल हालसम्म कूल सङ्क्रमितमध्ये ८ लाख १ हजार ४२० जना सङ्क्रमणमुक्त भइसकेका छन्।  २४ घण्टामा २९८ जना सङ्क्रमणमुक्त भएका हुन्। नेपालमा निको हुने दर ९७.७ प्रतिशत रहेको छ।

हाल देशभर ७ हजार ३४९ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ। त्यस्तै सङ्क्रमणबाट थप ३ जनाले २४ घण्टामा ज्यान गुमाएका छन्। हालसम्म देशभर ११ हजार ५१६ जनाले ज्यान गुमाइसकेका छन्। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार