शुक्रवार, आश्विन २३ गते २०८३

बिमला मिश्र अघि बढेपछि प्रतिष्पर्धी तनावमा

शुक्रवार , मंसिर १०, २०७८

झापा । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत आज झापाको पनि महाधिवेशन हुँदैछ । महाधिवेशनमा दमक नगरपालिकाको तर्फबाट एकजना महिला सदस्य चयन हुनेमा बिमला मिश्रले उम्मेदवारी दिएकी छिन् । महाधिवेशनमा देखिएका दुइवटा समूहमध्ये अर्को समूहबाट पनि उम्मेदवार बनेकी छिन् ।

बिमलाले आफ्नो राजनीतिक इतिहास लामो भएको र पार्टीको लागि धेरै काम गरेको दाबी गरेकी छिन् । ‘मैले अहिलेसम्म सामान्य कार्यकर्ता भएर काम गरेकी छु तर अरु कसैको भन्दा कम भूमिका खेलेको छैन पार्टीको लागि’ उनले भनिन् ‘अब जिल्ला सदस्यको जिम्मेवारी पाएँ भने मलाई पार्टीको काम गर्न झनै सजिलो हुन्छ ।’ उनले सबैको समर्थन पाउने विश्वास गरेकी छिन् ।

वडा समितिमा बसेर गरेको कामको पनि सबैले उच्च प्रशंसा गरेको उनको भनाई छ । झण्डै २५ वर्ष अघिबाट पार्टीको राजनीतिमा सक्रिय रहेकी उनले सामाजिक काममा पनि आफ्नो उपस्थिति जनाएकी छिन् । उनले उम्मेदवारी दिएपछि अर्को पक्षकी उम्मेदवार तनावमा परेकी छिन् ।

पारिवारिक पृष्ठभूमि नै कांग्रेस भएकाले पनि राजनीतिमा लाग्न सजिलो भएको थियो । उनी देउमान थेवेको समूहबाट उम्मेदवार बनेकी हुन् । थेवेसँगै राम कट्टेलले सभापतिमा प्रतिष्पर्धा गर्दैछन् ।

bimala-mishra.jpg

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार