काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा २७० जनामा कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ४४६ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २४२ तथा एन्टिजेन विधिबाट २८ जनामा सङ्क्रमण पुष्टि भएको हो।
सोही अवधीमा ३०२ जना संक्रमित सङ्क्रमणमुक्त भएका छन्। हालसम्म कूल सङ्क्रमितमध्ये ८ लाख १ हजार ७२२ जना निको भइसकेका छन्। नेपालमा निको हुने दर ९७.७ प्रतिशत रहेको छ। हाल नेपालमा ७ हजार २८७ जना सक्रिय सङ्क्रमित रहेका छन्।
यस्तै, थप २ जनाले कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाएका छन्। योसँगै कोभिड–१९ बाट ज्यान गुमाउनेको कूल सङ्ख्या ११ हजार ५१८ पुगेको छ। पछिल्लो २४ घण्टामा थप १ लाख ९६ हजार ८५३ जनाले कोरोनाभाइरस विरुद्धको खोप पनि लगाएका छन्।