आइतवार, श्रावण २४ गते २०८३

मुकुन्देले गरे इन्दिरासँग इन्गेजमेन्ट

शनिवार , मंसिर ११, २०७८

काठमाडौं। सामाजिक सञ्जालमा चर्चित रहेका मुकुन्द घिमिरे अर्थात् मुकुन्देले इन्गेजमेन्ट गरेका छन्। शनिवार झापाकी इन्दिरा सङ्ग्रौलासँग उनले औँठी र फूलमाला साटासाट गरेका हुन्। मुकुन्देले इन्गेजमेन्टको तस्बिर फेसबुकमार्फत सार्वजनिक गरेका छन्। उनले बिहेबारे भने खुलाएका छैनन्।

कुनै बेला रत्नपार्कको पिपलको रुखमा चढेर भाषण गरेर चर्चामा आएका उनी अचेल सामाजिक सञ्जालमा सक्रिय र परिचित रहेका छन्। पछिल्ला केही महिनायता उनले मङ्सिरमा बिहे गर्ने भन्दै क्लब हाउस, फेसबुक लगायतका सामाजिक सञ्जाल मार्फत केटी खोजिरहेको बताइरहेका थिए। 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार