आइतवार, श्रावण २४ गते २०८३

एमालेको बन्दसत्र दुई घण्टा पछि सर्‍यो, ओली-रावलको गुट बैठक

आइतवार , मंसिर १२, २०७८


काठमाडौं। एमालेको अध्यक्षमा दावी गरिरहेका भिम रावल आफू निकट नेता कार्यकर्तासँग छलफलमा बसेका छन्। 

चितवनको सौराहास्थित होटल सेभेन स्टारमा उनले आफू निकट नेता कार्यकर्तासँग छलफल गरिरहेको स्रोतले जनाएको छ। अध्यक्ष केपी शर्मा ओली पनि आफू निकट नेतासँग छलफलमा छन्।  

पदाधिकारीमा दावी गरिरहेकाहरुलाई नलिइकनै ओली एक्लै छलफलमा बसेकोमा सचिवका एक आकांक्षीले असन्तुष्टि जनाएका छन्।

यस्तै आज १० बजे सुरु गर्ने भनिएको बन्दसत्र पनि दुई घन्टा पछि सारिएको समेत जनाइएको छ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार